प्राधिकरणले काट्यौं टीकापुर नगरपालिकाको लाइन


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ३ जेष्ठ २०८१, १९:४५ मा प्रकाशित

टीकापुर, ३ जेठ/
नेपाल विधुत प्राधिकरणले कैलालीको एक नगरपालिकाको लाइन काटिदिएको छ । प्राधिकरणले जिल्लाको टीकापुर नगरपालिकाको विधुत लाइन काटिदिएको हो ।
नगर क्षेत्रका सडक बत्तीको महसुल नबुझाएको भन्दै प्राधिकरणले नगरपालिकाको कार्यालयको लाइन काटिदिएको छ । नगरपालिकाले पाँच करोड नौ लाख ९३ हजार महसुल तिर्न बाँकी रहेको छ । कार्यालयको लाइन काटिएपछि सेवाप्रवाहमा समस्या भएको छ ।
नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाका प्रमुख इन्जिनियर कपिल जोशीले आर्थिक वर्ष २०७१/७२ सालदेखिको सडक बत्तीको महसुल नबुझाएको र बारम्बार ताकेता गर्दा पनि तिर्ने सुरसार नभएकाले लाइन काटिएको बताए । लाइन काटिएपछि ब्याट्रि ब्याकअपबाट मात्रै कार्यालय चलेको छ । टीकापुर नगरपालिकका प्रमुख रामलाल डगौरा थारूले पाँच करोड रुपियाँ तिर्नुपर्ने पत्र आएपछि के गर्ने भनेर कार्यपालिकामा छलफल चलेको बताए ।
विद्युत प्राधिकरणले नगरपालिका क्षेत्रभित्र मिटर नजोडिएका सडक बत्ती र चुहावटको रकम नगरपालिकाका नाममा हाल्दै आएको बताइएको छ । नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका इश्वर जोशीले महसुल बक्यौता बुझाउन बाँकी रहेका सबै ग्राहकको लाइन काट्न आदेश आएको र मतलब नगर्ने ग्राहकको लाइन काटिएको बताए ।

 

छुटाउनुभयो कि ?