प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कार्की


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ३१ बैशाख २०८१, १८:४७ मा प्रकाशित

काठमाण्डौं, ३१ वैशाख/
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।
यसअघिका डीआईजी भीमप्रसाद ढकाल एआईजीमा बढुवा भएर मानव स्रोत विभागमा बढुवा भएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो ।

छुटाउनुभयो कि ?