धनगढीमा मोटरसाइकल चोर्ने दुई जना पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ३१ बैशाख २०८१, १८:४२ मा प्रकाशित

धनगढी। कैलालीको धनगढीमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयकैलालीबाट खटिएको अपराध अनुसन्धान समूहको टोलीले धनगढी १४ स्थीत बी गाउँबाट सुपप्र ०१००१० प १९३५ नम्बरको चोरीको मोटरसाइकलसहित दुई युवकलाई पक्राउ गरेको हो।

भजनी नगरपालिका–२ का २२ वर्षीय रवि चौधरी र २० वर्षीय रोहित चौधरी पक्राउ परेका छन्। दुबै युवकले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१००९ प ९९३३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?