डेढ लाख मूल्य बराबरको सामान जलेर नष्ट


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ३१ बैशाख २०८१, १८:३२ मा प्रकाशित

कञ्चनपुर, ३१ वैशाख। कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। प्रहरीका अनुसार जिल्लाको भिमदत्त नगरपालिका–५, हल्दुखाल सितल टोलस्थित देवेन्द्रबहादुर सिंहको एक तले टायलले छाएको घरमा आगलागी भएको हो।

बिधुतको तार सट भइ आगलागी हुँदा घर र घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, पंखा, फ्रिज लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट डेढ लाख बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?