शनिबार जोगबुडा अस्पतालमा बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, २८ बैशाख २०८१, १३:५९ मा प्रकाशित

प्रतीक्षा जैशी
धनगढी, २८ वैशाख
डडेल्धुरास्थित जोगबुडा अस्पतालमा भोली (शनिबार) बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको तथा जोगबुडा अस्पतालको संयुक्त आयोजनामा एक दिने बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको हो ।
शिविरमा विशेषज्ञ डाक्टरहरुद्धारा चेकजाँच तथा परामर्श, औषधि वितरण, ल्याब, एक्सरे, ईसिजी, भिडियो एक्सरे लगायतका जाँचहरु निशुल्क हुनेछन् भने थप चेकजाँच उपचार तथा अप्रेशनमा ३० प्रतिशतसम्म छुट हुने आयोजकले बताएको छ ।
शिविरमा फिजिसियन (जनरल मेडिसिन) डाक्टरद्वारा मुटुरोग, ब्लड प्रेशर, सुगर, पेट, ग्यास्ट्रीक, अल्सर, छाती, दम, कलेजो, कोलेस्ट्रोल, टाईफाईड, थाईराईड, हर्मोन, डेंगु, स्क्रब टाईफस, सिकलसेल, एनिमिया आदिको विशेषज्ञ उपचार हुने बताइएको छ ।
हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक कम्प्युटर प्रविधिबाट भाँचिएका, मर्केका, जन्मजात बांगाटिंगा भएका हड्डीहरुको उपचार तथा अप्रेशन लगायत हाडजोर्नीको संक्रमण, बाथरोग, यूरिक एसिड, जोर्नी, घुंडा, काँध, कमर, गर्दन दुखाई, हातखुट्टारजिउ झमझम गर्नेको उपचार साथै शरीरमा राखिएका रड, प्लेट, पिन आदि अप्रेशनबाट झिक्ने सेवा रहेको छ ।
शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टरद्वारा तल्लो पेट दुख्ने, महिनावारी गडबडी, सेतो पानी बग्ने, स्तनको समस्या, बाँझोपन, पाठेघरमा मासु पलाएको, पाठेघरको ट्यूमर, डेलिभरी लगायत आदिको सम्पूर्ण उपचार तथा अप्रेशन सेवा रहनेछ ।
मानसिक रोग विशेषज्ञ डाक्टरद्वारा सोचाई र बिचारमा गडबडी हुनु, मनमा कुरा खेलीरहनु, विनाकारण डर लाग्नु, झर्को लाग्ने, निराश हुने, शंका लाग्ने वा नकारात्मक सोच आउने, आत्महत्याको सोच आउने, मुटु ढुकढुक हुने, टाउको दुख्ने, चिट चिट पसिना आउने, यौन चाहनामा कमी आउने, बेहोस हुने आदि रोगको उपचार सेवा रहेको आयोजकले जनाएको छ ।
शिविरमा जनरल सर्जरी तथा युरो सर्जरी विशेषज्ञ डाक्टरद्वारा जनरल तथा दुरबिन प्रविधिबाट एपेन्डिक्स, पत्थरी, हाईड्रोसिल, हर्निया, पाईल्स, फिस्टुला, स्तन तथा शरीरका गाँठा(गुठी, मृगौला (किड्नी), पिसाबनली, पिसाब थैलीको पत्थरी तथा प्रोष्टेट ग्रन्थी सम्बन्धि सानो प्वाल पारी दुरबीन प्रविधि तथा बिना चिरफाड विशेषज्ञ उपचार तथा अप्रेशन सेवा रहने छ ।

 

छुटाउनुभयो कि ?