कैलालीबाट एक लाख बढी मूल्यको भन्सार छलीको सामान बरामद


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, २८ बैशाख २०८१, १४:०४ मा प्रकाशित

प्रतीक्षा जैशी
धनगढी, २८ वैशाख
प्रहरीले कैलालीबाट एक लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
प्रहरीले जिल्लाको धनगढी उपमहानगरपालिका–२, ट्राफिक चौराह नजिक, वडा नम्बर ९, त्रिवेणी घाट, वडा नम्बर १५ उर्मा र भजनी नगरपालिका–५, कौवाखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरेर ल्याएको अन्दाजी एक लाख ३६ हजार १० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले प्याज, चिनी, मिश्रीm सुर्ती, बिडी, सुपारी लगायतका सामाग्री बरामद गरेको जनाएको छ ।

 

छुटाउनुभयो कि ?