जीवन ज्योतीले विद्यार्थीलाई ग¥यो झोला बितरण


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, २८ बैशाख २०८१, ११:५२ मा प्रकाशित

नवीन पार्की
कञ्चनपुर, २८ वैशाख
कञ्चनपुरको एक विद्यालयले विद्यार्थीलाई निःशुल्क झोला वितरण गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका–६, ‘ङ’ गाउँमा रहेको श्री जीवन ज्योती माध्यमिक विद्यालयले विद्यार्थीलाई स्कूल झोला वितरण गरेको हो ।
विद्यालयले बाल कक्षादेखि ३ कक्षासम्मका एक सय जना विद्यार्थीलाई स्कूल झोला वितरण गरेको प्रधानाध्यापक भरतकुमार बस्नेतले बताए । ‘विद्यालयको श्रोत र सहयोगी मिलेर झोला वितरण गर्न पाउँदा म ज्यादै खुशी भएको छु’ प्रधानाध्यापक बस्नेतले भने, ‘विद्यार्थीको हौसला बढाउन झोला वितरण गरेका हौ ।’ ‘पहिलो चरणमा कक्षा ३ सम्मका विद्यार्थीलाई झोला वितरण गरेका छौ’ बस्नेतले भने, ‘सहयोगी हातहरु जुटे अन्य कक्षामा समेत झोलाका साथै स्टेशनरी सामग्री वितरण गर्ने योजना छ ।’
नयाँ शैक्षिक सत्रको प्रारम्भमा झोला वितरणले विद्यार्थीका अभिभावकलाई केही हदसम्म सहुलियत मिलेको वडा नम्बर ६ का अध्यक्ष मित्रसिंह लामाले बताए ।

छुटाउनुभयो कि ?