आज साँझदेखि कैलालीका सीमा नाका बन्द


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, २८ बैशाख २०८१, ११:३८ मा प्रकाशित

प्रतीक्षा जैशी
धनगढी, २८ वैशाख/
आज साँझदेखि कैलालीका सीमा नाका बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीकाले एक सूचना जारी गर्दै आज (२८ गते) साँझ ६ बजेदेखि ३१ गते मतदान सम्पन्न नभएसम्मका लागि कैलाली जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने जनाएको हो ।
वैशाख ३१ गते भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा लोकसभा सामान्य निर्वाचनलाई शान्तिपूणर् रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिएको जनाइएको छ । प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी गरिएको सूचनामा भनिएको छ, अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार गरिएको हुँदा उक्त अवधिभर यस जिल्लास्थित नेपाल भारत अन्तर्राष्ट्रिय सबै सीमा नाकाहरु बन्द (सील) रहने छ ।’

छुटाउनुभयो कि ?