भारतको जम्मु–कश्मीरमा साइकल दुर्घटनापछि बेहोस अवस्थामा भेटिएका रुपेशका दुवै हात र खुट्टा भाँचिएका थिए। त्यहाँको सरकारी अस्पतालमा एक हप्तासम्म उपचारमा ढिलाइ हुँदा संक्रमण झन् बढ्दै गएको थियो। परिवारले अन्ततः नेपालमै उपचार गर्ने निर्णय गर्दै उनलाई गत चैत ८ गते धनगढीस्थित माया मेट्रो अस्पताल ल्यायो। कमजोर आर्थिक अवस्थाका कारण अस्पताल प्रशासन र विशेषज्ञ चिकित्सकहरूको छलफलपछि रुपेशको निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरियो। करिब तीन हप्ताको सफल उपचारपछि रुपेश अहिले पूर्ण रूपमा सुधार भएर घर फर्किएका छन्। उनले उपचारमा संलग्न चिकित्सक टोली र अस्पताल प्रशासनप्रति हार्दिक आभार व्यक्त गरेका छन्। रुपेशका बुबाका अनुसार, भारतमा उपचार सम्भव नभएपछि नेपाल फर्किनु सही निर्णय सावित भयो। आफ्नै प्रदेशमा छोराको सफल उपचारपछि परिवारमा खुशी छाएको छ। रुपेशको उपचारमा हाडजोर्नी विशेषज्ञ डा। विकास पाण्डे, डा। रितेश पोखरेल लगायतको टोली संलग्न थियो।












