धनगढी । बैतडीको सिगास गाउँपालिकामा कार्यरत एक कर्मचारीको निधन भएको छ । सिगासको आन्तरीक लेखा परिक्षक टीका सिह धामीको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका स्रोतले जनाएको छ । सिगास गाउँपालिका–३ को चमडेखर्कका धामीको बुधबार काठमाण्डौँको अन्नपुर्ण अस्पतालमा मृत्यु भएको हो । अन्नपूर्णमा धामीको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो तर उनको उपचारकै क्रममा मृत्यु भएको गाउँपलिकाका अध्यक्ष हरि सिह धामीले बताका छन् । धामीले अस्पतालको शैयामा अहिले मर्छु भन्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । पशुपति नाथदेखि अन्य देवीदेवताको समेत नाम लिएर धामीले म बाँच्न चाहान्छु भनेको सुनिन्छ । तर उनको त्यही क्रममा बोल्दाबोल्दै मृत्यु भएको थियो । स्वच्छ र मिलनसार कर्मचारीको छवी बनाएका उनी सेवा प्रवाहमा प्रभावकारि भूमिका निर्वाह गर्थे । धामीको मृत्युमा गाउँपालिकाले बिहीबार आज शोक विदा दिएको छ ।












