चैत २४ गते सुदूरपश्चिम प्रदेश सभा आह्वान


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, २० चैत्र २०८२, १०:०७ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आगामी चैत २४ गते आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाले चैत २४ गते मंगलबार अपराह्न ४ बजे हिउँदे अधिवेशन आह्वान गरेका हुन् । बुधबार प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि औपचारिक रूपमा बिहीबार सिफारिस पत्र पठाएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख मियाले अधिवेशन आह्वान गरेका हुन् ।यसअघि प्रमुख प्रतिपक्ष दल नेकपाले अधिवेशन बोलाउन अल्टिमेटम दिएको थियो ।

छुटाउनुभयो कि ?