कैलालीमा सवा लाखको अवैध सामान बरामद


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, ८ चैत्र २०८२, ११:२७ मा प्रकाशित

कैलाली । कैलालीका विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ। धनगढी उपमहानगरपालिका–३ ज्ञानु प्लाजा नजिक र भजनी नगरपालिका–७ हिक्मतपुरस्थित जंगलबाट अन्दाजी मूल्य १ लाख १७ हजार ५६० रुपैयाँ बराबरका चिनी, पेयपदार्थ, बिडी, सुर्ती र चुरोट लगायतका सामान बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको गस्ती टोलीले शनिबार ती सामान फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।

छुटाउनुभयो कि ?