कञ्चनपुर – कञ्चनपुरबाट लागू औषध सहित ५ जना पक्राउ परेका छन । शुक्रबार ३ जना पुरुष लागूऔषध र २ जना महिला चरेशसहित पक्राउ परेका हुन । भीमदत्त नगरपालिका–४ बसपार्कबाट ६० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित झापा जिल्लाको अर्जुनधारा नगरपालिका–९ खर्बन्दी घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर स्थित सुन, चाँदी पसलमा कालिगडको काम गर्ने ३६ वर्षीय मानबिर बिश्वकर्मा पक्राउ परेका छन । यस्तै भीमदत्त नगरपालिका–४ गल्ली नम्वर ४ स्थित बैतडीको सुर्नया गाउँपालिका–१ घर भई हाल गल्ली नम्वर ४ मा २७ वर्षकी कुमारी लक्ष्मी चन्दले संचालन गरेको बादशाह क्याफेबाट २ ग्राम ५१० मिलिग्राम लागूऔषध खैरो हेरोईन र २ ग्राम ५१० मिलिग्राम चरेशसहित निज लक्ष्मी चन्द र सोही ठाउँ बस्ने २६ वर्षकी लक्ष्मी सोनाहलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी बेलौरी नगरपालिका–१० सडकघाट पिपलचौताराबाट भीमदत्त नगरपालिका–४ गल्ली नम्वर १ महेन्द्रनगर बस्ने २९ वर्षीय अमित सिंह र दार्चुलाको लेकम गाउँपालिका–२ कैनडा बस्ने २० वर्षीय गोकुलदेब जोशीलाई २ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित प्रहरीले पक्राउ गरेको छ । म १ प १६०८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।












