दार्चुलामा निर्वाचन प्रहरीको मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, २९ फाल्गुन २०८२, १७:०० मा प्रकाशित

निर्वाचन प्रहरीको मृत्यु
खलङ्गा (दार्चुला), फागुन २९ गते । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो । बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भीरबाट लडेर घाइते भएका थिए । उनलाई धनगढी लगिएकामा उपचारका क्रमदार्चुला आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छुटाउनुभयो कि ?