सर्लाही ४ मा अमरेश कुमार सिंहको ह्याट्रिकसँगै गगन थापाको संसदीय यात्रामा ब्रेक


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, २४ फाल्गुन २०८२, ११:२५ मा प्रकाशित

सर्लाही, २४ फागुन / सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे भने यसपटक मधेश झरेर चुनाव लडेका गगनको संसदीय यात्रामा ब्रेक लागेको छ । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट सांसद बनेका उनी पछिल्लो ३ पटक काठमाडौं-४ बाट निर्वाचित भएका थिए ।

छुटाउनुभयो कि ?