धनगढी । धनगढीमा श्रीमतीको हत्या गरेर भागेका डम्मरराज जोशीलाई पक्राउ गरिएको छ । जोशीलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाको शमशेरगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार बाँके प्रहरीको सहयोगमा जोशीलाई पक्राउ गरिएको हो । उनले धनगढी उपमहानगरपालिका(७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीय श्रीमती सरस्वती अवस्थी जोशीको हत्या गरेका थिए । हत्या लगत्तै फरार भएका थिए । जोशीले श्रीमतीको टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरेको पाइएको छ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।












