निर्वाचनको दिन देशभर मौसम सफा रहने


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, २० फाल्गुन २०८२, ११:२८ मा प्रकाशित

जल तथा मौसम विज्ञान विभागले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन देशभर मौसम सफा रहने जनाएको छ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मतदानमा असर पार्ने गरी वर्षा वा हिमपातको सम्भावना छैन। वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा हल्का बादल र तुवाँलो देखिन सक्ने भए पनि निर्वाचन प्रभावित नहुने बताइएको छ।
विभागले निर्वाचनलाई लक्षित गर्दै विशेष बुलेटिन जारी गरिरहेको जनाएको छ।
छुटाउनुभयो कि ?