दार्चुला – मालिकार्जुन गाउँपालिका को एम्बुलेन्समा राखिएको खानेपानीको पाइप शैल्यशिखर नगरपालिका–६ पनेबाजबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार एम्बुलेन्स चालक जयसिंह धामी र स्थानीय कल्याण सिंह धामीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ। एम्बुलेन्समा तीन वटा क्वाइल पाइप रहेकोमा दुई वटा बीच बाटोमै बाँडिएको र एक वटा मात्रै फेला परेको बताइएको छ।
उक्त पाइप के प्रयोजनका लागि बोकिएको हो भन्ने विषय खुलेको छैन। भोलि फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता प्रभावित पार्न एम्बुलेन्स प्रयोग गरिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












