धनगढीमा ताङ–इल मो–दो मार्सल आर्ट इन्डो–नेपाल प्रतियोगिता हुँदै


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १७ पुष २०८२, १९:०५ मा प्रकाशित

धनगढी, १७ पुस/ धनगढीमा नेपाल र भारतबीचको खेलकुद सहकार्य, आपसी मैत्री तथा अनुशासन र आत्मरक्षाको प्रवद्र्धन गर्ने उद्देश्यसहित ताङ–इल मो–दो मार्सल आर्ट इन्डो–नेपाल प्रतियोगिता सञ्चालन हुने भएको छ । पुस १९ र २० गते आयोजना हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
ताङ–इल मो–दो मार्सल आर्ट इन्डो–नेपालको आयोजनामा हुन लागेको यस विशेष कार्यक्रममार्फत खेलाडीहरूबीच मार्सल आर्ट प्रदर्शनका साथै आपसी अनुभव आदान–प्रदान गरिने बताइएको छ । कार्यक्रममा नेपाल र भारतका खेलाडी तथा प्रशिक्षकहरूको सहभागिता रहने जनाइएको छ ।
आयोजकका अनुसार कार्यक्रमले विशेषगरी खेलाडीको आत्मविश्वास, अनुशासन, शारीरिक क्षमता तथा मानसिक सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । मार्सल आर्टमार्फत आत्मरक्षा सीप विकास गर्दै स्वस्थ, अनुशासित र सक्षम युवा पुस्ता निर्माण गर्ने लक्ष्यले प्रतियोगिता गरिन लागेको हो ।
नेपालका सातवटै प्रदेशबाट र भारतबाट ४ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख आयोजक नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघ रहेको छ भने ताङ–इल मो–दो संघ नेपाल सहआयोजकका रूपमा रहेको छ । यसैगरी कार्यक्रमका सह–प्रायोजकमा देव चौधरी (युनाइटेड किङडम) रहेका छन् ।

छुटाउनुभयो कि ?