बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, आठ जना घाइते


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १६ जेष्ठ २०८१, १९:४४ मा प्रकाशित

हेल्लो संवाददाता
बैतडी, १६ जेठ
बैतडीमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा भारतको पिथौरागढकी २१ वर्षीय मीना जोशीको मृत्यु भएको हो । दुर्घटनामा दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ की जानकी चुनारा, दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ललीतराम टमट्टा र भारतको पिथौरागढका किसन पोहोरा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गोठालाापानीबाट झुलाघाटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका–१० को बाराकोट भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
गाडीमा चालक भुवन टमट्टासहित ११ जना सवार रहेको बताइएको छ । तीन जना सामान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए ।
घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जिप अनियन्त्रीत भएर दुर्घटना भएको खुल्न आएको छ । जिप सडकबाट ३० मिटर तल खसेको बताइएको छ ।

 

छुटाउनुभयो कि ?