सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० : नवजीवन को–अपरेटिभ्स सह–प्रायोजक


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १६ जेष्ठ २०८१, १९:०० मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, १६ जेठ
‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको पाँचौं संस्करणमा नवजीवन सह–प्रायोजकको रुपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।
पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।
सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ ।

छुटाउनुभयो कि ?