हेल्लो संवाददाता
धनगढी, १६ जेठ
बझाङमा ठुलीआमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुङगल नगरपालिका–११, तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजितबहादुर पातली रहेका छन् ।
७० वर्षीया आफ्नै ठूलीआमा कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी कलुली देवीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।
अस्थायी प्रहरी पोष्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले हरजितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












