करणी गरेको आरोपमा एक जना पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, ११ जेष्ठ २०८१, १७:२२ मा प्रकाशित

हेल्लो संवाददाता
बाजुरा, ११ जेठ
बाजुरामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ३ का २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
ढोलीले ती किशोरीलाई पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

छुटाउनुभयो कि ?