हेल्लो संवाददाता
धनगढी, ११ जेठ
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–० खमौराका ३५ वर्षीय टिकाराम जोशीको करेन्ट लागेर शुक्रवार बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।












