कञ्चनपुर, २ जेठ/
प्रहरीले कञ्चनपुरको बिभिन्न स्थानबाट दुई लाख बढी मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ ।
कञ्चनपुर प्रहरीले जिल्लाको गड्डाचौकी, ब्रम्हदेव, पचुई, गुलरीयाबाट दुई लाख ४७ हजार पाँच सय ११ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय गड्डा चौकीले एक लाख सात हजार ९० रुपैयाँ, ईलाका प्रहरी कार्यालय ब्रम्हदेवले ६० हजार रुपैयाँ, प्रहरी चौकी पचुईले १९ हजार एक सय ६० रुपैयाँ र ईलाका प्रहरी कार्यालय गुलरीयाले ६७ हजार पाँच सय ६१ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको जनाएको छ ।











