धनगढी, २ जेठ/
प्रहरीले कैलाली र कञ्चनपुरबाट १४ लाख बढी मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ । प्रहरीले १४ लाख एक हजार एक सय ८० रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–५, लब्ली चोक, राजपुर चोक र टीकापुर नगरपालिका क्षेत्रबाट १२ लाख २४ हजार आठ सय रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो । कपडा, प्याज, चिनी, बिडी, खानेतेलका साथै एक थान अटो रिक्सा बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, कञ्चनपुर प्रहरीले एक लाख ७६ हजार तीन सय ८० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो । जिल्लाको भिमदत्त नगरपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका क्षेत्रबाट पेय पदार्थ, स्कूलको टाई बेल्ट, ग्यासका सामान, माछा लगायतका सामान बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।












