सन्दीप लामिछानेको मुद्दामा आज पेशी


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १ जेष्ठ २०८१, ०९:२४ मा प्रकाशित

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ।

गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

सम्बन्धित समाचारहरु

अपराध नियन्त्रणदेखि प्रविधिमैत्री अनुसन्धानसम्म : ‘पोलिस अफ द मन्थ’ बने प्रहरी नायव उपरीक्षक वकिलबहादुर सिंह

पुनर्वासदेखि बाजुरासम्म :सन्तोष अवस्थीको नृत्य र फिटनेस यात्राले पाउँदैछ नयाँ गन्तव्य

भिसा त्यागेर आफ्नै देशमा सपनालाई आकार दिँदै पुष्पा बडैला, ‘सजल नृत्य कला केन्द्र’को तेस्रो वार्षिकोत्सव

विश्व हिन्दु युवा संघको नेतृत्वमा सम्राट सिंह ठकुरी : नयाँ पुस्ताको विश्वास, नयाँ यात्राको सुरुवात

धनगढी उपमहानगरद्वारा ३ सय ५८ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै सिफारिस पत्र हस्तान्तरण

२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

छुटाउनुभयो कि ?