कञ्चनपुरबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १ जेष्ठ २०८१, ०९:३१ मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरबाट चेक अनादर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्।

चेक अनादर मुद्दामा फरार रहेका कैलालीको गोदावरी नगरपालिका २ घर भइ हाल जिल्ला बाँके, कोहलपुर नगरपालिका–११ बस्ने भोजप्रसाद चापागाई पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ बैशाख २३ गतेको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना ठहर भई फरार रहेका चापागाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

चापागाईलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएको छ।पक्राउ परेका चापागाई माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?