कैलालीको बर्दगोरीयाबाट पक्राउ परे चोरी मुद्दाका फरार प्रतिवादी


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १ जेष्ठ २०८१, ०९:३८ मा प्रकाशित

धनगढी। कैलालीको बर्दगोरीयाबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।चोरी मुद्दामा फरार रहेका बर्दगोरीया गाउँपालिका ४ बस्ने २६ वर्षीय रमेश चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५० हजार जरिवाना ठहर भई फरार रहेका चौधरीलाई पक्राउ गरेको बताइएको छ । चौधरीलाई सोमवार इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।पक्राउ गरेपछि उनलाई अदालतमा पेश गरिएको थियो ।

छुटाउनुभयो कि ?