अनलाइन यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ३१ बैशाख २०८१, १८:५५ मा प्रकाशित

काठमाडौं, ३१ वैशाख/
अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ ।
आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी दिने भन्दै अनलाइन यौन क्रियाकलापमा लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्यमा बालबालिकाहरुलाई प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ । ग्राहकसँग पहिल्यै रकम लिएर मात्रै भिडिओ च्याटमा बस्न लगाउने गरिएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी युवतीविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु

अपराध नियन्त्रणदेखि प्रविधिमैत्री अनुसन्धानसम्म : ‘पोलिस अफ द मन्थ’ बने प्रहरी नायव उपरीक्षक वकिलबहादुर सिंह

पुनर्वासदेखि बाजुरासम्म :सन्तोष अवस्थीको नृत्य र फिटनेस यात्राले पाउँदैछ नयाँ गन्तव्य

भिसा त्यागेर आफ्नै देशमा सपनालाई आकार दिँदै पुष्पा बडैला, ‘सजल नृत्य कला केन्द्र’को तेस्रो वार्षिकोत्सव

विश्व हिन्दु युवा संघको नेतृत्वमा सम्राट सिंह ठकुरी : नयाँ पुस्ताको विश्वास, नयाँ यात्राको सुरुवात

धनगढी उपमहानगरद्वारा ३ सय ५८ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै सिफारिस पत्र हस्तान्तरण

२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

छुटाउनुभयो कि ?