कैलाली प्रहरी प्रमुख चन्द सहित ६० एसपीहरुको सरुवा


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, १०:२८ मा प्रकाशित

धनगढी: नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले मंगलबार सूचना जारी गर्दै एसपीहरूको सरुवा तथा काज गरेको जनाएको हो।
सरुवासँगै सम्बन्धित प्रहरी उपरीक्षकहरूले २०८३ साल मंसिर महिनादेखि तलब तथा भत्तासमेत सरुवा भएको नयाँ दरबन्दीबाटै प्राप्त गर्नेछन्। सरुवा भएका ६० जना एसपीको नाम र नयाँ पदस्थापनको विवरण सूचीमा समेटिएको छ।
सरुवाअनुसार मोरङमा दिलीपकुमार गिरी, बाँकेमा नवराज मल्ल, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहन खाण, कैलालीमा यादब ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तन्डुकार, दाङमा श्यामु अर्यालको सरुवा भएको छ।

 

छुटाउनुभयो कि ?