कम्पनी रजिस्ट्रार कार्यालयले सुरु गर्‍यो एआईमा आधारित कल सेन्टर; २४ सै घण्टा उपलब्ध हुने


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १० बैशाख २०८३, १२:०१ मा प्रकाशित

काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले एआईमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सहजताका लागि कार्यालयले मङ्गलबारदेखि यो सेवा सुरु गरेको हो । कार्यालयका अनुसार यो सेवा २४ सै घण्टा उपलब्ध हुनेछ । कल सेन्टरले कम्पनी प्रशासन, कार्यालयले प्रदान गर्ने सेवा र यसको प्रक्रिया, कागजात लगायत कार्यालयका कर्मचारीहरूको एक्स्टेन्सन नम्बर सहित सबै विषयमा जानकारी दिने बताइएको छ । सेवा ग्राहीले ९७००००४४१४ नम्बरमा कल गरी एआई कल सेन्टर समक्ष आफ्ना जिज्ञासा राख्न सक्नेछन् । कम्पनी दर्ता तथा दर्ता पश्चात्‌का क्रियाकलापमा पनि यसले सहायता प्रदान गर्ने कार्यालयले जनाएको छ । “सेवाग्राहीलाई सम्बन्धितत सबै विषयका सूचना जानकारी उपलब्ध गराउन सक्ने गरी क्रमशः ज्ञान थप गर्दै परिष्कृत र परिमार्जित गर्दै लगिनेछ,” कम्पनी रजिस्ट्रारको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

छुटाउनुभयो कि ?