३ वैशाख, काठमाडौं । बजारमा कोइरालोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार कोइरालोको भाउ प्रतिकिलो ४६ रुपैयाँ बढेको हो ।बिहीबार कोइरालो थोकमा प्रतिकिलो औसत ३ सय ६ सय रुपैयाँमा किनबेच भएको छ । हिजो बुधबार २ सय ६० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो । फागुन अन्तिम साता कोइरालो प्रतिकिलो थोकमा अधिकतम ३ सय ५० र औसत ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।












