सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालको सरुवा


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, २ बैशाख २०८३, १३:५५ मा प्रकाशित

दार्चुला: दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जमा सरुवा भएपछि विदाई तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार, दाहालले कार्यालयमा कार्यरत रहँदा देखाएको उच्च प्रशासनिक कुशलता, इमानदारिता तथा जनसेवाप्रतिको निष्ठाको उच्च मूल्याङ्कन गरिएको छ। साथै नयाँ कार्यथलोमा उहाँको कार्यकाल अझ बढी उपलब्धिमूलक र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको जनाइएको छ। कर्मचारी मिलन केन्द्र तथा जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहायक सिडियो दाहाललाई औपचारिक रूपमा विदाई गरिएको हो।

छुटाउनुभयो कि ?