दार्चुला — दार्चुलाको लेकम गाउँपालिका–२ गराडी (सल्याडी) निवासी ३५ वर्षीय पुष्कर सिंह कार्कीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। घरनजिकै रहेको सलानी भीरबाट लडेर गम्भीर घाइते भएका कार्कीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बैतडीको न्वाली पुगेको बेला ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ। घटनापछि उनलाई सुरुमा गोकुलेश्वर अस्पतालमा उपचार गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको थियो। मृतक कार्कीका दुई छोरी, एक छोरा र श्रीमती रहेका छन्।घटनाले परिवारसहित स्थानीयवासी शोकमा डुबेका छन्।












