समर्थक र प्रस्तावक पाएनन् नेम्वाङले, एमाले संसदीय दलको नेतामा बादल निर्वाचित


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १८ चैत्र २०८२, १७:३७ मा प्रकाशित

काठमाडौै १७ चैत/ नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् । यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् । निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।

छुटाउनुभयो कि ?