एमाले संसदीय नेतामा बादल र सुहाङ नेम्वाङको दाबी


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १८ चैत्र २०८२, १६:२० मा प्रकाशित

काठमाडौँ, १८ चैत / आकाङ्क्षीहरूबिच सहमति जुट्न नसकेपछि एमालेले संसदीय दलको नेता चुनावबाट छान्ने भएको छ । बुधवार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेको हो । एमाले सांसद ऐन महरले संसदीय नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र युवा नेता सुहाङ नेम्वाङको दाबी रहेको तर सहमति जुट्न नसक्दा चुनावमा जाने निर्णय भएको बताए । आजै सांसदहरूबिच चुनाव गरेर दलको नेता छान्ने तयारी भएको उनको भनाइ छ ।

छुटाउनुभयो कि ?