धनगढी विद्युत अवरुद्ध, फिडर बन्द गरेर सब स्टेसनमा मर्मत


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ५ चैत्र २०८२, ०९:३५ मा प्रकाशित

धनगढी ५ चैत/धनगढीस्थित सब स्टेसनमा मर्मत कार्य गर्नुपर्ने भएकाले कैलालीका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका अनुसार मर्मत कार्यका कारण राजपुर, बेला, हसुलिया, कैलाली तथा मनेरा फिडर अन्तर्गतका क्षेत्रमा केही समयका लागि विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ। प्राधिकरणले मर्मत कार्य सकेपछि विद्युत आपूर्ति पुनः सुचारु गरिने जनाएको छ भने उपभोक्तालाई हुने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?