आमाको हत्या पछि फरार भएको हत्या आरोपित छोरा पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ५ चैत्र २०८२, ०९:३२ मा प्रकाशित

धनगढी, ५ चैत / कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ४ मा आमाको हत्या पछि फरार भएको हत्या आरोपित छोरा भारतको बरेलीबाट पक्राउ परेका छन् । मंगलबार साँझ आफ्नै सौतेनी आमा ७५ वर्षीय बिन्द्रा श्रेष्ठको हत्या गरेर फरार भएका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठलाई नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीको समन्वयमा भारतको बरेलीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पक्राउपछि उनलाई कानुनी प्रक्रिया अनुसार नेपाल ल्याइएको प्रहरीले जनाएको छ। जग्गा–जमिनका विषयमा विवाद हुँदा हरिप्रसादले हँसिया प्रहार गरेर आमाको हत्या गरेका थिए भने दिदीको पनि आक्रमण गरेका थिए । घाइते ५० वर्षीय भगवतीदेवी माझीको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरबाट थप उपचारका लागि भारतको भोजिपुरा लगिएको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

छुटाउनुभयो कि ?