५ वर्षदेखि फरार कर्तव्य ज्यानका अभियुक्त घरमै लुकेर बसेको अवस्थामा पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, ४ चैत्र २०८२, १६:०१ मा प्रकाशित

कैलाली — कर्तव्य ज्यान मुद्दामा संलग्न रही लामो समयदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला कैलाली गोदावरी नगरपालिका–१० दमौरा बस्ने ३३ वर्षीय दुर्गा बहादुर चौधरीलाई मिति २०८२ चैत ३ गते बेलुका प्रहरीले पक्राउ गरेको हो।
सगुनी रानाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा चौधरी २०७७ फागुन १५ गतेदेखि फरार रहँदै आएका थिए।
प्रहरीका अनुसार उनलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउपछि आवश्यक कारबाहीका लागि उनलाई कैलाली जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?