धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–८ स्थित तौलाहा ताल नजिकबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। मंगलबार दिउँसो प्रहरीले ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २७ वर्षीय रोहित राना र २२ वर्षीय अब्रिन चौधरीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।












