धनगढी, २६ फागुन/कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको गएराति एकजना प्रहरी जवानको छतबाट खसेर मृत्यु भएको छ । सोही कार्यालयमा कार्यरत प्रहरी जवान ३० वर्षका सन्देश बहादुर चनारा मृत भेटिएका हुन । मृतक प्रहरी जवान कार्यालयको छातबाट खसेरको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् । राति ११ बजे मृतक प्रहरी जवानलाई अर्को सुरक्षाकर्मीले लडेको अवस्थामा भेटेका थिए । उनलाई अस्पताल पुर्याए पछि चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रहरी जवान मृत्युको बारेमा छानबिन गर्न प्रहरी नायब उपरिक्षक तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । संयोजक तिमिल्सिनाले घटनाको बारेमा अनुसन्धान भैरहेको जानकारी दिएका छन । बझाङ्ग घर भएका मृतक प्रहरी जवान बिगत ६ महिना देखि कार्यरत थिए ।












