बालेन शाहले आफ्ना मुख्य १४ बुँदे वाचापत्र सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको वाचापत्र यसप्रकार रहेको छः
१) राजनीतिलाई पेशा होइन, सेवा बनाउनेछु ।
२) बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिनेछु ।
३) राष्ट्रिय नीति तथा बजेटमा झापा ५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउनेछु ।
४) राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन ।
५) सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।
६) गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिनेछ ।
७) काठमाडौं महानगरमा लागू भए जस्तै “शिक्षामा सीप कार्यक्रम” कार्यान्वयन गरी विद्यार्थीहरूको विदेश जानु पर्ने बाध्यतालाई न्यूनीकरण गरिनेछ ।
८) School Retention Program मार्फत विद्यालय छाड्ने दर शून्यमा झारिनेछ ।
९) प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागू गरिनेछ।
१०) किसानलाई उत्पादनमा आधारित मल, बीउ र विद्युतमा अनुदान प्रणाली लागू गरिनेछ।
११) आमाको नामबाट नागरिकता लिँदा हुने झन्झटिलो प्रक्रियालाई सरलीकृत गरिनेछ।
१२) गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइनेछ।
१३) गरिब तथा विपन्न परिवारले स्वास्थ्य उपचार पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिनेछ।
१४) अनलाइन गुनासो दर्ता प्रणाली लागू गरिनेछ।












