निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बैतडीमा मदिरा नियन्त्रण कडा


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ११ फाल्गुन २०८२, १३:२८ मा प्रकाशित

बैतडी, फागुन ११ / प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्त, सुरक्षित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने उद्देश्यले बैतडीमा मदिराजन्य पदार्थमा विशेष नियन्त्रण लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बैतडी ले जारी गरेको सूचनाअनुसार मदिरा व्यवसायीसँग छलफलपछि बेलुका ७ बजेसम्म मात्र बिक्री गर्न पाइने व्यवस्था लागू गरिएको छ। प्रशासनले निर्वाचन अवधिभर शान्ति–सुरक्षा सुदृढ बनाउन यस्तो निर्णय गरिएको जनाएको छ।
यस्तै, फागुन २४ गतेसम्म मदिराजन्य पदार्थको ढुवानी तथा ओसारपसारमा रोक लगाइएको छ। निर्वाचनको मौन अवधिमा भने उत्पादन, बिक्री–वितरण र उपभोग पूर्ण रूपमा निषेध गरिने स्पष्ट पारिएको छ। निर्देशन उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।

छुटाउनुभयो कि ?