कैलाली, २४ जेठ । कैलालीमा लागु औषध खैरो हेरोईन सहित एक युवक पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेती र मसुरियाबाट खटिएको संयुक्त टोलीले आज धनगढी – ५ बस्ने सरोज चौधरीलाई पक्राउ गरेको हो ।
गौरीगंगा – ८ बडैपुर स्थित हसुलिया जाने सडक बाटोमा उनलाई फेला पारी उनले समातेको मोबाइलको कभर भित्र कालो प्लास्टिकले बेरेको लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ २१० (दुई सय दस) मिलिग्राम फेला पारी बरामद गरीएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरी ले जनाएको छ ।












