पुनर्वासबाट अबैध काठसहित ट्याक्टर नियन्त्रणमा


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १५ जेष्ठ २०८१, १९:०१ मा प्रकाशित

नवीन पार्की
पुनर्वास, १५ जेठ/
पुनर्वासबाट अबैध काठसहित प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीबाट अबैध काठसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारले अबैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको हो ।
मंगलबार बिहान भारतीय दुधुवा नेशनल पार्क नजिकको वन क्षेत्रबाट नेपालतर्फ आइरहेको अवस्थामा से १ त ३८७३ नम्बरको ट्याक्टरसहित ट्रलीमा भरिएको १४० दशमलव ८५ क्युफिट सालका १२ थान गोलिया बरामद गरी कुण्डा सव–डिभिजन वन कार्यालय पच्कडियाको जिम्मा लगाइएको सशस्त्र प्रहरी निरीक्षक वीरचन्द्र भट्टले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको कुण्डा सव–डिभिजन वन कार्यालय पच्कडियाका प्रमुख वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए ।

छुटाउनुभयो कि ?