धनगढीमा एकै पटक आठ जना पत्रकार सम्मानित


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, ११ जेष्ठ २०८१, १८:३६ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, ११ जेठ
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले ८ जना पत्रकारलाई सम्मान प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिले शुक्रवार धनगढीमा आफ्नो तेस्रो अधिबेशन तथा चौथौ साधारण सभामा सो सम्मान गरेको हो ।
पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई सञ्चार गृह पत्रकारिता सम्मान, पत्रकार सिद्धराज भट्ट, पत्रकार अर्जुन शाह, राजेन्द्रनाथ, निमेन्द्र शाही, हेमन्ती चौधरी, कर्ण शाह र सुदूरपश्चिमका सर्वाधिक रक्तदाता पत्रकार दीपक उपाध्यायलाई समेत सम्मानित गरेको छ ।
सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पत्रकारहरुलाई कदरपत्र र दोसल्लासहित सम्मान गरे ।

छुटाउनुभयो कि ?