हेल्लो संवाददाता
धनगढी, ११ जेठ
कैलालीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–५, डोकेबजारमा भएको दुर्घटनामा वडा नम्बर ५, देउकलियाका ३९ वर्षीय चनकलाल चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार से ४ प १४३० नम्बरको मोटरसाईकल र सु.प.प्र. ०१–०१ प १७४४ नम्बरको मोटरसाईकल एक आपसमा बिहीबार राति ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते चनकलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते से ४ प १४३० नम्बरको मोटरसाइकलमा सवार मध्ये एक जनाको घोडाघोडी अस्पताल र अर्कोको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।












