गर्भवतीको महिलाको हेलिकप्टर मार्फत उद्धार


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १० जेष्ठ २०८१, १९:३६ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, १० जेठ
बझाङमा हेलिकप्टर मार्फत एक गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्लाको साईपाल गाउँपालिका-४ धुलीकी २६ वर्षीया सुपारीकुमारी बोहराको बिहीवार हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार ३४ हप्ताको बच्चा पेटमा रहेकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेत लगिएको छ । उनलाई सुत्केरी हुनु अगावै अत्यधिक रक्तस्राव भएको छ ।
जिल्ला अस्पताल बझाङमा यस्ता समस्याले महिलाको ज्यान जानथालेपछि सिधै सुर्खेत पठाइएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत गर्भवतीको उद्धार गरिएको हो ।

छुटाउनुभयो कि ?