भन्सार छलीको सामान बरामद


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, ९ जेष्ठ २०८१, ११:३६ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, ९ जेठ
प्रहरीले कैलालीको बिभिन्न स्थानबाट एक लाख बढी मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ ।
प्रहरीले जिल्लाको धनगढी उपमहानगरपालिका–३, ब्यारेल, वडा नम्बर ७ मनेहरा, भजनी नगरपालिका–३, ठेकीपुर, वडा नम्बर ६ खैरा र टीकापुर नगरपालिका–६, बेलुवा चोकको भित्रि सडक खण्डबाट एक लाख १३ हजार ६५ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
भन्सार छलीको प्याज, चिनी, अचार, सुर्ती, युरिया मल, ईन्भर्टर लगायतको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?